स्ट्रिट चाइल्ड वर्ल्डकपमा नेपालले सहभागिता जनाउने

रुसमा आयोजना हुने सडक बालबालिकाहरुको विश्वकप फुटबल तथा महोत्सवमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।

‘स्ट्रिट चाइल्ड वर्ल्डकप’का लागि सेल्टर आश्रय संस्थाले नेपालमा रहेका सडक बालबालिकाहरुबीच फुटबल प्रतियोगिता आयोजना गरी कुल ९ खेलाडी छनोट गर्नेछ ।

उक्त प्रतियोगिता ‘सेभेन ए साइड’ ढाँचामा खेलाइनेछ ।

नेपालको सहभागितामा सहयोग गर्न जापानको फन रुट फुटबल एकेडेमीले आज (सोमबार) राजधानीमा एक कार्यक्रमकाबीच खेल सामग्री प्रदान गरेको छ ।

पूर्वराष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन प्रशिक्षक रहेको उक्त एकेडेमीले सडक बालबालिकाहरुका लागि ३० जोर फुटबल सुज तथा १० ओटा फुटबल हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published.