कोका–कोला अन्तर बिद्यालय फुटबल श्रावण ३ गतेदेखि हुने

कोका–कोला अन्तर बिद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता २०७४ यहि २०७४ श्रावण ३ गते देखि काठमाण्डौमा हुनेछ ।

अखिल नेपाल फुटबल संघले आफ्नो बार्षिक कार्यक्रम अनुसार नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

गत बर्ष झैँ यस बर्ष पनि प्रतियोगिता तीन चरणमा संचालन गरीनेछ । पहिलो चरण जिल्ला स्तरीय प्रतियोगिता संघ अन्तर्गत बिभिन्न ४४ जिल्लाहरुमा, दोश्रो चरण क्षेत्रीय स्तरीय प्रतियोगिता पूर्वाञ्चलको झापामा, मध्यमाञ्चलको भक्तपुर र रौतहटमा, पश्चिमाञ्चलको कास्कीमा,, मध्येपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलको बांकेमा संचालन गरीनेछ ।

काठमाण्डौ र ललितपुरबाट सिधै ४ वटा टिम पूर्वाञ्चलको झापाबाट बिजयी तथा उपबिजयी र तेश्रो स्थान हासिल गर्ने ३ वटा बिद्यालयका टिमहरु, मध्यमाञ्चलको भक्तपुर र रौतहटबाट १–१ टिम पश्चिमाञ्चलको कास्कीबाट बिजयी र उपबिजयी २ टिम र मध्य पश्चिमाञ्चाल तथा सुदुर पश्चिमाञ्चलको बांकेबाट २ टिम गरी अन्तिम चरणमा राष्ट्रिय स्तरको बिद्यालयकै नाममा १३ टिमहरु बिच काठमाण्डौमा लिग कम नकआउटको आधारमा संचालन हुने खेलमा सहभागी गराईनेछ ।

यस अन्तिम चरणमा प्रथम हुने बिद्यालयका टिमलाई छात्र तथा छात्रा तर्फ नगद पुरस्कार रु.३ लाख रुपैया, द्धितिय हुने टिमलाई रु.१ लाख रुपैया, तृतिय हुने टिमलाई रु.५० हजार रुपैया नगद पुरस्कार सहित शिल्ड, पदक र प्रमाण–पत्र प्रदान गरीनेछ ।

उत्कृष्ट खेलाडीहरु तथा प्रशिक्षक गरी ५ बिद्याका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद रु पांच हजार रुपैया नगद पुरस्कारबाट प्रोत्साहन स्वरुप प्रदान गरीनेछ ।

पहिलो चरण असार २३ गते देखि साउन १३ गतेसम्म चल्नेछ । दोस्रो चरण साउन २९ गतेदेखि भदौ ९ गतेसम्म र फाइनल चरण भदौ २३ गतेदखि असोज १ गतेसम्म काठमाडौंमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव १ करोड १५ लाख खर्च हुने अनुमान एन्फाले गरेको छ । प्रतियोगितालाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट २० लाख प्रायोजक बोटलर्स नेपालबाट ५० लाख उपलब्ध गराएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *