वेष्ट इन्डिजसंग भारत ९ विकेटले पराजित

वेष्ट इन्डिजले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा शानदार जित दर्ता गरेको छ । जमैकामा भएको खेलमा वेष्ट इन्डिजले भारतलाई ९ विकेटले हराएको हो ।

१ सय ९१ रनको लक्ष्य वेष्ट इन्डिजले १८ दशमलव ३ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो । वेष्ट इन्डिजका लागि एविन लुइसले ६२ बलमा नटआउट एक सय २५ रन, मार्लोन स्यामुएल्सले ३६ तथा क्रिस गेलले १८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९० रन बनायो । भारतका लागि दिनेश कार्तिकले ४८, कप्तान विराट कोहलीले ३९ तथा ऋशव पन्तले ३८ रन बनाए ।

Leave a Reply

Your email address will not be published.