अनाथ बालबालिकालाई बार्सा नेपालको सहयोग

चितवन,असार २५- बार्सिलोना फ्यान क्लब चितवनले “पुलिस पव्लीक क्याम्पेनिङ फर स्ट्रीट चिल्ड्रेन” संस्थामा रहेका अनाथ बालबालिकालाईअनाथ बालवालीकालाई बार्सिलोना फ्यान क्लब चितवनको सहयोग खेलकुद सामाग्री,फलफुल र लत्ताकपडा वितरण गरेको छ । ५ देखी १४ वर्ष उमेर समुहमा रहेका वालवालिकालाई विभिन्न किसिमका क्षमता अभिवृद्धी तथा प्रोत्साहन गर्ने खालका शिक्षामुलक कार्यक्रम प्रस्तुत गरिएको आयोजकले जनाएको छ । सो अनथलयमा ४० जना वालवालिका आश्रित रहेका छन् । क्लवले आगामी दिनमा यस्तै खालका समाजिक काम गर्ने क्लबका संस्थापक कुशल लामिछानेले जानकारी दिए ।

बार्सा चितवनका अग्रज व्यक्ति राजकुमार रोकायाको सभापतित्वमा सम्पन्न कार्यक्रम बिमोचन पौडेल र नितेश रानाभाटको विशेष पहलमा भएको हो । सो अवसरमा वोल्दै कार्यक्रम संचालक बिमोचन पौडेलले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सक्रिय सदस्य नितेश रानाभाटले आफ्नो गायन कला प्रस्तुत गरेका थिए ।

बार्सिलोना फ्यान क्लब आधिकारिक रुपमा दर्ता भई बिभिन्न विपन्न र अनाथ लाई सहयोग गर्दै आइरहेको छ । फुटबल समर्थक र फुटबल खेल बिकासको लागि चितवन र नवलपरासीका युबा संगठित भएर काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published.