युनाइटेड नेपालले जित्यो साउदी गोल्डकपको उपाधि

साउदी अरबमा नेपाली समूदायबीच भएको साउदी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युनाइटेड नेपाल एफसी ‘ब्लू’ ले जितेको छ ।

नेपाल एफसीले रियाल एफसीलाई सडन डेथमा हराउँदै मंगलबार युनाइटेडले उपाधि जितेको हो । निर्धारित समयमा गोलरहित र पेनाल्टी सुटआउटमा ४–४ को बराबरीपछि युनाइटेडले सडन डेथ मार्फत विजयी भएको हो।

न्यू अन्नपूर्ण स्पोर्टस क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजना भएको प्रतियोगितो को विजेता टोलीले १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोली ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरे । तीन दिने प्रतियोगितामा ३० नेपाली क्लबको सहभागिता थियो ।

 

Leave a Reply

Your email address will not be published.