नेपाल स्ट्रोमसंग इन्डियन स्टार्स ४ विकेटले पराजित

एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज (सोमबार) भएको खेलमा नेपाल स्ट्रोम र अफगानिस्तान बुल्स विजयी भएको छ ।

अफगानिस्तान बुल्सले दुबई वारियर्सलाई ४ विकेटले हराएको छ ।

१ सय ६२ रनको लक्ष्य अफगानिस्तान बुल्सले एक बल अगावै ६ विकेट गुमाएर पूरा गर्यो। अफगानिस्तान बुल्सका लागि मोहम्मद फरानले ४३ तथा मनहराले ३७ रन बनाएका थिए। बलिङमा दुई वारियर्सका अली मलिकले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको दुबई वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। दुबई वारियर्सका लागि कप्तान अब्दुर शाकुरले ५० रन र दावद इजाजले सर्वाधिक ६६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा अफगानिस्तानका पवन यादवले ३ विकेट लिए।

जितपछि अफगानिस्तान बुल्सले ४ खेलबाट ४ अंक नै जोडेको छ। यता दुबई वारियर्सको ३ खेलमा यो दोस्रो हार हो।

त्यस्तै आज नै भएको खेलमा नेपाल स्ट्रोमले इन्डियन स्टार्सलाई ४ विकेटले हराएको छ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको इन्डियन स्टार्सले निर्धारित् २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

१७३ रनको जवाफी ब्याटिङमा आएको नेपाल स्ट्रोमले १६ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

Leave a Reply

Your email address will not be published.