लियोनल मेस्सीको आज ३० औ जन्मदिन

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी आज ३० वर्ष पुगेका छन् । विश्व फुटबलका उत्कृष्ट खेलाडी मेस्सीको जन्म सन् १९८७ को जुन २४ मा भएको हो ।

बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेस्सीले अहिलेसम्म क्लब र राष्ट्रिय टिमबाट गरी ७०१ खेलमा ५६५ गोल गरेका छन् । उनले बार्सिलोनाबाट ५८३ खेलमा ५०७ गोल गरेका छन् । यस्तै राष्ट्रिय टिमबाट ११८ खेलमा ५८ गोल गरेका छन् । पाँच पटकका बालोन डी’आर विजेता मेस्सीले बासिल्लोबाट अहिलेसम्म ८ पटक ला लिगा, पाँच पटक कोपा डेल रे तथा चारपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।

क्लबमा सफल मानिएका मेस्सी राष्ट्रिय टिमबाट भने त्यति सफल हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *