दक्षिण अफ्रिकासंग इंग्ल्याण्ड ३ रनले पराजित

इंग्ल्याण्डसँगको दोश्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका ३ रनले विजयी भएको छ ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन मात्र बनाएको हो । इंग्ल्याण्डका लागि ज्यासन रोयले ६७ रन र जानी बेयरस्टोले ४७ रन बनाए । दक्षिण अफ्रिकाका क्रिस मोरिसले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा १ सय ७४ रन बनाएको थियो । दक्षिण अफ्रिकाको जितमा एभिडि भिल्लिएर्सको ४६ र जेजे स्मुट्सको ४५ रन बनाए।

यो जितसँगै तीन ट्वेन्टी–ट्वेन्टी श्रृँखलामा दक्षिण अफ्रिकाले १–१ को बराबरी गरेको छ ।

यस्तै वेष्टइण्डिज र भारतबिचको एकदिवसीय क्रिकेट पानी परेपछि अवरुद्ध भएको छ । पहिले ब्याटिङ गरेको भारतले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर १ सय ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *