अन्तर्राष्ट्रिय पदक जित्ने चार खेलाडी सम्मानित

जिल्ला खेलकुद विकास समिति भक्तपुरद्वारा २०७४ सालभित्र भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने भक्तपुरका चारजना खेलाडीहरु सम्मानित भएका छन्।

भक्तपुरले टेबुलटेनिसका नेपाल च्याम्पियन शिवसुन्दर गोथे, एथ्लेटिक्स खेलाडी कान्छीमाया कोजू र कृष्णेश्वरी सिन्ताकल तथा तेक्वान्दो खेलाडी नम्रता तण्डुकारलाई सम्मान गरेको हो ।

उनीहरुलाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले ट्रयाकसुट, जुत्तालगायत सम्मानपत्रले सम्मान गरेका थिए।

सम्मानित खेलाडीहरुको तर्फबाट टेबुलटेनिसका नेपाल च्याम्पियन शिवसुन्दर गोथेले खेलाडीहरुको वर्षौंदेखिको मेहनत र परिश्रम एउटा दुर्घटना वा रोगको कारण सकिने बताउँदै खेलाडीहरुको उपचारको लागि कोषको व्यवस्था गर्नुपर्ने धारणा राखे।

समितिका अध्यक्ष दिलीप केसीले खेलाडीलाई निरन्तर खेलमा लाग्ने हौसला प्रदान गर्न सम्मान गरिएको जानकारी दिए। उनले खेलकुद र खेलाडीलाई प्राथमिकतामा राख्न सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गर्दै आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *