चिली शीर्षस्थानमा, अस्ट्रेलिया र क्यामरुन बराबरीमा रोकियो

फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बिहिबार राति भएको खेलमा अस्ट्रेलिया र क्यामरुन तथा जर्मनी र चिली १-१ गोलको बराबरीमा रोकिएको छ ।

क्यामरुनका लागि आन्द्रे अंगुइस्साले ४५ औं मिनेटमा गोल गर्दै अग्रता दिएको थियो। तर मार्क मिलिगनले ६० औँ मिनेटमा पेनाल्टीमार्फत अष्ट्रेलियाका लागि बराबरी गोल फर्काए ।

त्यस्तै समूहकै अर्को खेलमा चिलीका लागि एलेक्सिस स्यान्चेजले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। जर्मनीका लागि लार्स स्टिन्डलले ४१ औँ मिनेटमा गोल फर्काएर खेल बराबरी गरेको हो ।

समूह ‘बि’ मा ४ अंकसहित चिली शीर्ष स्थानमा छ । समान ४ अंक नै रहेको जर्मनी दोस्रोमा छन्। क्यामरुन र अष्ट्रेलिया १/१ अंक लिएर पुछारमा छन्।

Leave a Reply

Your email address will not be published.