फिफा कनफेडेरेशन कपमा पोर्चुगल र मेक्सिको विजयी

फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगल र मेक्सिको विजयी भएको छ ।

समूह ‘ए’ मा रहेको पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो । पोर्चुगलका लागि कप्तान क्रिष्टियानो रोनाल्डोले ८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

त्यस्तै समूह ‘ए’ मा नै रहेको मेक्सिकोले न्युजिल्याण्डलाई २–१ ले पराजित गरेको छ । मेक्सिकोका लागि ५४ औं मिनेटमा राउज जिमेनेज र ७२ औं मिनेटमा ओरिबे पेराल्ताले गोल गरे । न्युजिल्याण्डका लागि ४२ औं मिनेटमा क्रिस वुडले एक गोल गरे ।

जितपछि दुई खेलबाट चार अंक जोडेको मेक्सिको समूहको शीर्ष स्थानमा छ । समान चार अंक नै भएको पोर्चुगल दोस्रो स्थानमा छ । पहिलो खेल जिते पनि दोस्रो खेलमा पोर्चुगलसँग पराजित भएको आयोजक रुस तीन अंकसहित तेस्रो स्थानमा छ । न्युजिल्याण्डले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *