भारतीय क्रिकेटका मुख्य प्रशिक्षक कुम्बलेद्वारा राजीनामा

भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएका छन् । कुम्बलेले एक वर्षअघि भारतीय टिमको जिम्मेवारी सम्हालेका थिए।

कप्तान विराट कोहलीसँगको मतभेदका कारण कुम्बलेले पदबाट राजीनामा दिएका हुन् । उनले ट्वीटरमा मार्फत कप्तान कोहलीसँगको मतभेद नै राजीनामाको कारण रहेको स्वीकारेका छन् ।

बिसिसिआईले कुम्बले र कप्तान कोहलीबिच रहेको मतभेद हटाउने प्रयास गर्दै समझदारी बनाए तापनि त्यो स्थिर हुने नदेखिएकाले आफूले राजीनामा दिएको कुम्बलेको भनाई छ ।

च्याम्पियन्स ट्रफी क्रिकेटअघि कोहलीले कुम्बलेसँगको असमझदारीको कुरा भने अस्वीकार गरेका थिए ।

कुम्बलेको प्रशिक्षण कालमा भारतले खेलेको १७ टेष्टमध्ये १२ जित, ४ बराबरी र १ हार व्यहोरेको थियो। उनले भारतलाई २ एकदिवसीय श्रृंखलामा पनि जित दिलाए। इङ्ग्ल्याण्ड र न्युजिल्याण्डसँगको श्रृंखला सहजै भारतले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *