जर्मनीसंग सान मारिनो ७–० ले पराजित

विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ को खेलमा जर्मनीले सान मारिनोलाई ७–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीका लागि सान्ड्रो वाग्नरले १६,२९ र ८५ औं मिनेटमा ह्याट्रिक गरे भने शद्दरन मुस्ताफीले ४७ औँ मिनेटमा, अमिन युनिसले ३८ औं मिनेटमा, जुलियन ब्रान्टले ७२ औं मिनेटमा र जुलियन ड्रेक्सलरले ११ औं मिनेटमा एक एक गोल गरे ।

सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यस्तै समूह ‘सी’ अन्तर्गत राति नै भएको खेलमा नर्दन आयरल्याण्डले अजरबैजानलाई १–० ले हरायो । दोस्रो स्थानको आयरल्याण्डको ६ खेलबाट १३ अंक भएको छ ।

समूहकै अर्को खेलमा नर्वे र चेक गणतन्त्रले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

Your email address will not be published.