एसियन प्रिमियर लिग क्रिकेट नेपालमा हुने

अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता यहि असार ५ गतेदेखि नेपालको टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, दुबई, श्रीलंका र बंगलादेशका टोली सहभागी हुनेछन् ।

लिग चरणमा उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ, उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ भने सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published.