एक्सपर्ट क्रिकृट च्याम्पियनसिप आजबाट सुरु

एक्सपर्ट क्रिकृट च्याम्पियनसिप लिग प्रतियोगिता आज (आइतबार) बाट सुरु हुने भएको छ । हिमालयन क्रिकेट एमेडेमीको आयोजनामा हुने सो प्रतियोगितामा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजना रहेको छ।

प्रतियोगितामा ६ जिल्लाको टिम सहभागिता रहनेछ। जसमा रुपन्देही, चितवन, कास्की, काठमाडौं ,कैलाली र कञ्चनपुर छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रुपन्देहीको न्यू होराइजन उच्च मावि, चितवनको बालमिकी शिक्षा सदन र कैलालीको सिद्धार्थ सिसु सदन उच्च मावि छन् । त्यस्तै समूह ‘बी’ मा कास्कीको सत्यवती सेकेण्डरी स्कुल, काठमाडौंको राजन मेमोरीयल उच्च मावि, र कञ्चनपुरको अनिरुद्र उच्च मावि छन् ।

टि ट्वान्टी फर्मेटमा हुने समूह चरणको खेलपछि समूहको शीर्ष टोली फाइनल पुग्नेछ । प्रतियोगिता स्थानिय सिद्धार्थ रंगशालामा हुने व्यवपस्थापनको जिम्मा पाएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

गत मंसिरमा देशका ६ स्थानमा क्षेत्रिय स्तरको प्रतियोगिता सम्पन्न भएको थियो । क्षेत्रबाट छनोट भएका टोलीबीचको प्रतियोगिता असार १ गते सम्म सञ्चालन हुनेछ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्रधानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *