नेपाल र यमनबीच हुने खेलको तयारी सम्पन्न

एएफसी एसियन कप छनौट अन्तर्गत मंगलबार हुने नेपाल र यमनबिचको खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सबै तयारी भएको जनाएको छ।

सशस्त्र प्रहरीको हल्चोक मैदानमा दिउँसो ३ बजे नेपालले यमनविरुद्धको खेल्नेछ। यमन, फिलिपिन्स र ताजकिस्तान रहेको समूह एफमा रहेको नेपालले आफ्नो पहिलो घरेलु मैदानको खेल यमनसँग खेल्न लागेको हो । फिलिपिन्ससँग मनिलामा खेलेको आफ्नो पहिलो खेलमा भने नेपाल पराजित भएको थियो ।

एन्फाले दर्शक क्षमता कम भएकाले ७ सय वटा टिकट मात्र बेच्न लागेको हो । एन्फाले टिकट दर १ हजार रुपैयाँ तोकेको छ । टिकट जेठ २७ गते शनिबार बिहान १० बजेबाट बिक्री गरिनेछ । एक जना दर्शकले बढीमा दुई टिकट मात्र किन्न पाउने प्रावधान राखिएको इ–सेवाले जनाएको छ ।

यसैबीच एन्फाले यमनको टोली २८ गते आइतबार र म्याच अफिसियल र रेफ्रीहरु शनिबार काठमाडौं आइपुग्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published.