मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम बराबरीमा रोकियो

ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र सुदूरपश्चिमले १/१ गोलको बराबरी खेलेको छ।

मनाङ मर्स्याङ्दीका लागि धिरज सुनुवारले ३८ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए तापनि ६० औँ मिनेटमा मनाङ मर्स्याङ्दीकै राम ढकालले आत्माघाती गोल गरेपछि मनाङ सुदूरपश्चिमसंग १/१ गोलको बराबरीमा रोकिन बाध्य भएको हो ।

भोलि हिमालयन शेर्पा र एन.आर.टि बीच खेल हुनेछ। त्यस्तै भोलि नै ब्रिगेड बोइज र मनाङबीच पनि खेल हुनेछ।

Leave a Reply

Your email address will not be published.