सैनिक र बिर्तामोड फाईनलमा भिड्ने

खेलकुद नेपाल
सविन शेर्मा, झापा

झापाको जलथल फुटबल क्लबको आयोजनामा जारी प्रथम हल्दिबारी गाँउपालिका गोल्डकप नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेडले जन जाग्रीती क्लब, धरानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।

बिर्तामोडका लागि विशाल राई र बिक्की चौधरीले १/१ गोल गरे । त्यस्तै जन जाग्रीतीका लागि सुशील राई ले १ गोल फर्काए ।

खेलको म्यान अफ दी म्याच जन जाग्रीतीका सुशील राई घोषित भए र उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

भोलि फाईनलमा सैनिक फुटबल क्लब र बिर्तामोड युनाइटेडबीच प्रतिस्प्रर्धा हुनेछ।

प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *