महिला लिगमा उदयपुर,ताप्लेजुङ्ग,ईलाम र बारा विजयी

खेलकुद नेपाल
सुबास पोख्रेल,

अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज (शुक्रबार) भएको पहिलो खेलमा उदयपुर महिला फुटबल टिमले चितवन महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ ।

उदयपुरका लागि सृजना चेम्जोङ्गले २३, ४६ र ६३ औं मिनेटमा, रेश्मा खत्रीले ३७ औं मिनेटमा तथा सरस्वती चौधरीले ७३ औं मिनेटमा गोल गरेका थिए ।

दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले सिन्धुली महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ ।

ताप्लेजुङ्गका लागि गिता रानाले १८, ४३ र ६६ औं मिनेटमा, अनिता बस्नेतले ४०+१, र ४९ औं मिनेटमा, रेखा लिम्बूले २१ र ७४ औं मिनेटमा तथा अनुष्का शेर्पाले ५ औं मिनेटमा गोल गरेका थिए ।

तेश्रो खेलमा सिन्धुपाल्चोक महिला फुटबल टिम र सप्तरी महिला फुटबल टिम बिच गोलरहित बराबरीमा समाप्त भएको छ ।

त्यस्तै आजै भएको स्याङ्गजा तर्फको पहिलो खेलमा ईलाम महिला फुटबल टिमले नुवाकोट महिला फुटबल टिम लाई ६–० गोलले पराजित गरेको छ ।

ईलामका लागि पप्पु सुरुचीले ४३, ६० र ६४ औं मिनेटमा, सुस्मिता तामाङ्गले २२ औं मिनेटमा, तेज कुमारी गुरुङ्गले ३८ औं मिनेटमा तथा अञ्जली सुब्बाले ३५ औं मिनेटमा गोल गरेका थिए ।

मोरङ्ग महिला फुटबल टिम र बर्दिया महिला फुटबल टिम बिचको दोश्रो खेल प्राविधिक कारणवश (वर्षाको कारणले) स्थगित भएको थियो ।

तेश्रो खेलमा बारा महिला फुटबल टिमले धनुषा महिला फुटबल टिमलाई ८–० गोलले पराजित गरेको छ ।

बाराका लागि तारा थिङ्गले ७, १८, २२, ४० र ७९ औं मिनेटमा, अन्जना तामाङ्गले ५० र ५८ औं मिनेटमा तथा निशा गुरुङ्गले ११ औं मिनेटमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published.