एन्फाले यमन विरुद्ध हुने खेलका लागि ७०० टिकट मात्र बेच्ने

खेलकुद नेपाल
नवराज श्रेष्ठ, काठमाडौं

एसियन कप २०१९ अन्तर्गत आगामी जेठ ३० गते यमन विरुद्ध हुने छनोट खेलका लागि अखिल नेपाल फुटबल संघले ७०० प्रति टिकट मात्र बेच्ने भएको छ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने नेपाल र यमनबीच प्रतिस्प्रर्धा हुनेछ। नेपाललाई आफ्नो खेल नेपालबाहिर खेल्न दबाव आएपनि एन्फाले कम दर्शक राखेरै भएपनि खेल नेपालमै खेल्ने निर्णय लिएको एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए।

खेलको प्रत्यक्ष प्रसारण एपीवान एचडी टेलिभिजनबाट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *