रोनाल्डो विश्वका सबैभन्दा बढी चर्चित खेलाडी

प्रकाशन तथा प्रशारण संस्था इएसपिएनको अध्ययन अनुसार क्रिष्टियानो रोनाल्डो विश्वका सबैभन्दा बढी चर्चित खेलाडी रहेको पाइएको छ ।

विश्वका एक सय चर्चित खेलाडीको सूचिमा रियल मड्रिड तथा पोर्चुगलका स्ट्राइकर रोनाल्डो एक नम्बर छन् । त्यस्तै बास्केटबल स्टार लेब्रोन जेम्स दोस्रो र लियोनल मेस्सी तेस्रो स्थानमा छन् ।

इएसपिएनले खेलाडीको आम्दानी, सामाजिक सञ्जालको उपस्थिति तथा गुगलमा गरिएको खोजीका आधारमा सूचि सार्वजनिक गरेको हो ।

टेनिसका रोजर फेडेरर चौथो, गल्फका फिल मिकलेल्सन पाँचौं, फुटबलका नेइमार छैटौं, एथ्लेटिक्सका उसैन बोल्ट सातौं, बास्केटबलका केविन गुरान्ट आठौं, टेनिसका राफायल नाडाल नवौं तथा गल्फका टाइगर वुड दशौं स्थानमा छन् । भारतका त्रिकेटर विराट कोहली र महेन्द्र सिंह धोनी क्रमशः १३ र १५ औं स्थानमा छन् ।

कुन खेलबाट कती खेलाडी चर्चित?

फुटबल ३८

बास्केटबल १३

गल्फबाट ११

टेनिस १०

अमेरिकन फुटबल ८

क्रिकेट ४

अटो रेसिङ ४

युएफसी ३

जिम्नास्टिक २

बक्सिङ २

स्वीमिङ २

टेबलटेनिस १

एथ्लेटिक्स १

ब्याडमिन्टन १

Leave a Reply

Your email address will not be published. Required fields are marked *