महिला लिगमा मोरङ २१-० गोलले विजयी

एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) ६ समूहबिच प्रतिस्पर्धा भएको छ ।

स्याङजामा भएको खेलमा नवलपरासी, बारा र मोरङ विजयी भएका छन् ।

पहिलो खेलमा नवलपरासीले इलामलाई १-० ले पराजित गरेको हो ।

दोस्रो खेलमा मोरङले धनुुषालाई २१-० गोल अन्तरले पराजित गरेको हो । मोरङकी खेलाडी सरु लिम्बु एक्लैले १२ गोल गरिन् ।

त्यस्तै आज नै भएको तेस्रो खेलमा बाराले वर्दियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

तानसेनमा भएको तीन समूह बिचको प्रतिस्पर्धामा कैलाली, सिन्धुपाल्चोक र ताप्लेजुङ्ग बिजयी भएका छन् ।

कैलालीले उदयपुरलाई २-१ गोलले पराजित गरेको छ ।

ताप्लेजुङले सप्तरीलाई १०-० गोलले हराएको हो ।

त्यस्तै सिन्धुपाल्चोक र सिन्धुली बिचको भएको खेलमा शुन्यका विरुद्ध ५ गोल गर्दे सिल्धुपाल्चोक बिजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *