दुबईमा भएको बुडोकान कराँतेको उपाधि किन्जेललाई

युएईको दुबईमा जेठ १३ गते शनिबार भएको बुडोकान कराँते २०१७ को उपाधि किन्जेल श्रेष्ठले जितेकी छिन् ।

किन्जेलले ३० केजी तौल समूहको कराँतेमा प्रथम तथा काता प्रदर्शनमा तृतीय भएकी हुन् ।

प्रतियोगितामा अन्य ११ जना नेपाली खेलाडीहरुको पनि सहभागिता रहेको थियो । ती खेलाडीहरुले पनि विभिन्न विधामा पदक तथा कप जितेका छन् ।

प्रतियोगितामा यूएई कराँते एण्ड तेक्वान्दो क्लबले नेपाल कराँते संघको स्वीकृतिमा नेपाली खेलाडीहरु सहभागि गराएका थिए ।

Leave a Reply

Your email address will not be published.