आर्मीसँग मनाङ मर्स्याङ्दी ५-१ गोलले पराजित

ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) भएको खेलमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दीलाई ५-१ गोलले पराजित गरेको छ ।

त्रिभुवन आर्मीका लागि प्रेजेन तमाङले २० अौँ मिनेटमा, दिनेश योन्जनले ६२ अौँ मिनेटमा, दोर्जे तमाङले ६७ अौँ मिनेटमा, रोमन लिम्बुले ९५ अौँ मिनेटमा र मनाङ मर्स्याङ्दीका राम ढकालले ७५ अौँ मिनेटमा आत्माघाती गोल गरे ।

मनाङ मर्स्याङ्दीका लागि अदित्य शाक्यले ७४ अौँ मिनेटमा एक गोल गरे ।

भोलि जगदम्बा लुम्बिनी र हिमालयन शेर्पाबीच खेल हुनेछ । त्यस्तै भोलि नै संकटा र ब्रीगेड बोइजबिच प्रतिस्प्रर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published.