सैनिकसँग सताक्षी ३-० ले पराजित

खेलकुद नेपाल 
सविन शेर्मा, झापा

झापाको जलथल फुटबल क्लबको आयोजनामा जेठ १६ देखि सुरु हुने प्रथम हल्दिबारी गाँउपालिका गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सैनिक युथ कल्बले सताक्षी स्पोर्टिङ कल्बलाई ३-० ले पराजित गरेको छ ।

सैनिकका लागि समिर कट्वल, गणेश हेम्रुन र बिकास लिम्बुले गोल गरे ।

खेलको म्यान अफ दी म्याच सताक्षीका अरुण श्रेष्ठ घोशित भए र उनले नगद २ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *