महिला लिग च्याम्पियनसिप फुटबलमा सावित्रा भण्डारीको ९ गोल

एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगितामा स्याङ्जा र रौतहटले विजयी सुरुवात गरेका छन् । यस्तै सुनसरी र बाँके गोलरहित बराबरीमा रोकिएका छन् । पाल्पामा भएको खेलमा झापाले दाङलाई ९–० ले, कन्चनपुरले भोजपुरलाई १–० ले तथा काठमाडौंले मकवानपुरलाई २–० ले पराजित गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आज (मंगलबार) भएको खेलमा स्याङ्जाले धनकुटालाई १३-१ गोलले पराजित गरेको हो । स्याङ्जाका लागि सावित्रा भण्डारी एक्लैले ९ गोल गरिन् ।

त्यस्तै आज नै भएको खेलमा रौतहटले पाँचथरलाई १५-० गोलले पराजित गरेको छ ।

बुधबार ३ वटा खेल हुनेछन् । बिहान ८ बजे नवलपरासी र इलामबिच खेल हुनेछ भने दिउसो २ बजे मोरङ र धनुषा तथा अपरान्ह ४ बजे बारा र बर्दिया बिच खेल हुनेछ ।

विजेता र उपविजेताले पुरस्कार क्रमशः ३ लाख र १ लाख ५० हजार रुपैयाँ तोकिएको छ भने विभिन्न पाँच विधामा जनही १५ हजारका दरले पुरस्कार प्रदान गरीने छ ।

Leave a Reply

Your email address will not be published.