केएनपीको प्रायोजनयमा महिला भलिबल जेठमा हुने

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २३ देखि २६ गतेसम्म हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिले मुख्य प्रायोजन गरेको छ।

आज (शनिबार) बानेश्वरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मनोज मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रतियोगिता ‘केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’को नामबाट सञ्चालन हुनेछ। मुख्य प्रायोजन गरेबापत कम्पनीले आयोजकलाई नगद पाँच लाख उपलब्ध गराउने छ।

कम्पनीले मञ्च व्यवस्थापन, व्यानरलगायतका सम्पूर्ण खर्च व्यहोर्ने छ। यस्तै प्रतियोगिताको सह–प्रायोजकका रुपमा शिवम् सिमेन्ट रहेको छ भने विशेष सहयोगीका रुपमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल संघ, आइएमई रेमिट र डल्फीन चियरले साथ दिएका छन्।

लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा एपीएफ, न्यु डायमन्ड, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ६ टोलीको सहभागिता रहने छ।

प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ।

Leave a Reply

Your email address will not be published.