आइपिएलको फाइनलमा मुम्बई र पुने भिड्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार भएको दोस्रो प्लेअफमा कोलकता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई इण्डियन्स इण्डियन फाइनलमा पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले १८.५ ओभरमा १०७ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि सूर्यकुमार यादवले ३१ र इशांक जाग्गीले २८ रन बनाउनुबाहेक अन्यले खासै रन बनाउन सकेनन् । मुम्बईका करन शर्माले ४, जसपि्रत बुम्राहले ३ र मिचेल जोन्सनले २ विकेट लिए । भेट्रान बलर लसिथ मालिंगाले पनि १ विकेट लिए ।

कोलकत्ताले दिएको १०८ रनको लक्ष्य मुम्बईले १४.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईका लागि क्रुनाल पाण्डेले नटआउट ४५ रन, रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए। कोलकत्ताका लागि चावलाले २ विकेट लिए।

आइपिएलको दशौं सिजनको फाइनल मुम्बई र पुनेबीच हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *