पुणे फाइनलमा प्रवेश

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट लिग अन्तर्गत मंगलबार राति भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै राइजिङ पुणे सुपरजाइन्टस् फाइनलमा प्रवेश गरेको छ ।

१६३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४२ मात्रै बनायो । मुम्बईका लागि पार्थिव पटेलले सर्वाधिक ५२ रन बनाए। पुणेका वासिङ्टन सुन्दर र शार्दुल ठाकुरले तीन तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुणेले ४ विकेटको क्षतिमा १६२ रन बनायो । पुणेका लागि महेन्द्र सिंह धोनीले २६ बलमा ४० रनको योगदान दिए । यस्तै पुनेका लागि मनोज तिवारीले ५८ र अजिन्क्या रहानेले ५६ रनको योगदान गरे ।

अब मुम्बईले फाइनल प्रवेशका लागि सनराइजर्स हैदराबाद र कोलकाता नाइटराइडर्सबीचको विजयी टिमसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *