कोलकाता ९ रनले पराजित, मुम्बई शीर्ष स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ९ रनले पराजित गरेको छ ।

मुम्बईले दिएको १७४ रनको लक्ष्य कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि मनिष पाण्डेले ३३ रन बनाए । कोलकत्तालाई सस्तैमा समेट्न हार्दिक पाण्डेय, विनयकुमार र टिम साउथीले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो । मुम्बइका लागि अम्बाती रायडुले ६३ रन र सौरभ तिवारी ५२ रन बनाए ।

हारपछि १४ खेलबाट १६ अंक सहित कोलकाता अंकतालिकाको तेश्रो स्थानमा झरेको छ । मुम्बइ भने २० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । मुम्बईले शीर्ष स्थानमा रहँदै लिग चरणका खेल टुंग्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *