दिल्लीद्वरा पुणे ७ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले पराजित गरेको छ ।

१६९ रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रनमात्र बनाउन सक्यो । पुणेका लागि मनोज तिवारीले ६०, स्टिवन स्मिथले ३८ तथा बेन स्टोक्सले ३३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १६८ रन बनायो । दिल्लीका लागि करुण नायरले ६४ तथा ऋसब पन्तले ३६ रन बनाए । हारपछि प्लेअफ पुग्नका लागि पुणेले अर्को खेल पर्खनु पर्ने भएको छ ।

दिल्ली १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । १३ खेलबाट १६ अंक जोडेको पुणे तेस्रो स्थानमा छ । पुणे प्लेअफमा पुग्ने सम्भावना बलियो छ । तर निर्णयका लागि भने अर्को खेल पर्खनु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *