मुम्बई ७ रनले पराजित, पन्जाब प्लेअफमा पुग्ने सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा पन्जाबले मुम्बई इण्डियन्सलाई ७ रनले हराउँदै प्लेअफमा जाने सम्भावना कायम राखेको छ ।

यसअघि टस हारेर व्याटिङ गरेको पन्जावले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३० रन बनाएको थियो । पञ्जावका लागि ऋद्धिमन शाहले ५५ बलमा अविजित ९३ रन, ग्लेन म्याक्सवेलले २१ बलमा ४७ रन, मार्टिन गुप्टिलले १८ बलमा ३६ रन, सौन मार्सले १६ बलमा २५ साथै अक्षर पटेलले १३ बलमा १९ रन बनाए । मुम्बईका मिचेल म्याक्लेनेगन, जसप्रित बुम्राह र कर्ण शर्माले एक एक विकेट लिए ।

जबाफमा मुम्बइले २३१ रनको लक्ष्य निर्धारित ओभरमा ६ विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि लेण्डल सिमोन्सले ३२ बलमा ५९ रन, किरोन पोलार्डले २४ बलमा अविजित ५० रन, हार्दिक पाण्डेयले १३ बलमा ३० रन, पार्थिव पटेलले २३ बलमा ३८ रन, कर्ण शर्माले ६ बलमा १९ रन बनाए । पञ्जावमा मोहित शर्माले दुई साथै सन्दीप शर्मा, अक्षर पटेल, ग्लेन म्याक्सवेल र राहुल तेवाटियाले एक एक विकेट लिए ।

मुम्बइ यसअघिनै प्लेअफमा पुगिसकेको छ । पञ्जावको पनि बिहीबारको जितले प्लेअफमा पुग्ने सम्भावना कायमै छ ।

Leave a Reply

Your email address will not be published.