दिल्लीसँग गुजरात २ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई २ विकेटले पराजित गरेको छ।

बुधबार राती खेलिएको इन्डियन प्रिमियर लिगको खेलमा १९६ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले दुई बल बाँकी हुँदा ८ विकेटको क्षतिमा भेट्टायो । दिल्लीका लागि श्रेयस आइएरले ५७ बलमा १५ चौका र दुई छक्काको मद्दतमा ९६ रन बनाए । यस्तै प्याट्रिक कमिन्सले १३ बलमा २४ रन र करुण नायरको १५ बलमा ३० रन बनाए । गुजरातका लागि जेम्स फक्नरले २ विकेट लिएका थिए।

यसअघि पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन जोडेको थियो। उसका लागि आरोन फिंचले ३९ बलमा ६ चौका र ४ छक्काको मद्दतले ६९ रन, दिनेश कार्तिकले २८ बलमा ४० रन, इशान किसनले २५ बलमा ३४ रन, रबिन्द्र जडेजा १३ बलमा ७ रन, र जेम्स फक्नर १४ बलमा ८ रन जोडे । जितपछि छैटौं स्थानको दिल्लीको १२ खेलबाट १० अंक भएको छ । १३ खेलबाट ८ अंकसहित गुजरात सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.