मोनाकोलाई हराउँदै युभेन्टस फाइनलमा प्रवेश

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्टसले मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जितसहित फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि ३३ औं मिनेटमा मारिओ मान्जुकी र ४४ औं मिनेटमा डानी एल्भेसले गोल गरे । मोनाकोका लागि ६९ औं मिनेटमा केलिएन एमबाप्पेले एक गोल फर्काए ।

Mandzukic wheels away in celebration after putting Juventus 3-0 ahead on aggregate in the 33rd minute

पहिलो लेगमा युभेन्टसले मोनाकोलाई उसकै मैदानमा २–० ले हराएको थियो । युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भएको हो । युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सन् २०१५ मा फाइनलमा पुगेको युभेन्टस बार्सिलोनासँग ३–१ ले परातिज भएर उपविजेतामा सीमित भएको थियो । युभेन्टसले आउँदो जुन ३ मा हुने फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्ने छ ।

The Brazilian right back peels away to celebrate putting Juventus 4-0 up on aggregate in the two-legged tie

Kylian Mbappe sprints back to the halfway line after netting a second half consolation for Monaco

Juventus posted this image on Instagram of the players celebrating in the dressing room after the game

Leave a Reply

Your email address will not be published.

WP Facebook Auto Publish Powered By : XYZScripts.com