पञ्जाबको प्लेअफमा पुग्ने सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै पञ्जाबले शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। पन्जाबका लागि कप्तान ग्लेन म्याक्स्वेलले २५ बलमा ४४ रन, रिधिमान साहले ३३ बलमा ३८ रन र मनन वोहराले १५ बलमा २५ रन बनाएका थिए। कोलकाताका कुलदिप यादव र क्रिस वोक्सले २/२ विकेट लिए।

१६८ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो । कोलकाताका लागि ओपनर सुनिल नारायणले १० बलमा १८ रन, क्रिस लिनले ५२ बलमा ८४ रनको बनाए । पन्जाबका लागि टेवाटिया र मोहित शर्माले समान २/२ विकेट लिए।

दुई खेल बाँकी हुँदा पाँचौं स्थानमा रहेको पञ्जाबलको १२ अंक भएको छ । उ चौथो स्थानको हैदरावाद भन्दा तीन अंकले पछि छ । दोस्रो स्थानको कोलकाताको १६ अंक छ ।

Leave a Reply

Your email address will not be published.