मुम्बईसँग दिल्ली १४६ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई १४६ रनले पराजित गरेको छ ।

मुम्बईले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्रै ६६ रन बनायो । दिल्लीका लागि करुण नायरले २१ तथा कारी एन्डरसन र प्याट कमिन्सले समान १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।मुम्बईका हरभजन सिंह र कर्ण शर्माले तीन तीन तथा लासिथ मालिंगाले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ३ विकेटको क्षतिमा २१२ रन बनायो । मुम्बईका लागि लेन्डल सिमोन्सले ६६, किरोन पोलार्डले नटआउट ६३, हार्दिक पाण्डेयले नटआउट २९ तथा पार्थिव पटेलले २५ रन बनाए । जिपछि शीर्ष स्थानको मुम्बईको ११ खेलबाट १८ अंक भएको छ । ११ खेलबाट ८ अंकसहित छैटौं स्थानमा रहेको दिल्लीलाई भने प्लेअफमा पुग्ने यात्रामा धक्का लागेको छ । दिल्ली चौथो स्थानको सनराइजर्स हैदरावाद भन्दा पाँच अंकले पछि परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *