३ गोलले विजयी हुँदै बार्सिलोना शीर्ष स्थानमा रहन सफल

स्पेनिस ला लिगा लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जितमा जित निकाल्दै शीर्ष स्थानमा रहन सफल भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हरायो ।

बार्सिलोनाका लागि ५० र ८७ औं मिनेटमा लुइस स्वारेजले तथा ७६ औं मिनेटमा इभान रेकिटिकले एक गोल गरे ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८१ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको पनि ८१ अंक नै छ । बार्सिलोनाले अब लिगका तीन खेल खेल्न बाँकी छ । बार्सिलोनाले अब लिगमा भिल्लारियल, लास पालमस र एइबरसँग खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *