रियल मड्रिड फाउन्डेसनको फुटबल ट्रेनिङ क्याम्प काठमाडौंमा हुने

विश्व फुटबलको चर्चित क्लब रियल मड्रिड अन्तर्गत रियल मड्रिड फाउन्डेसनको फुटबल ट्रेनिङ क्याम्प काठमाडौंमा हुने भएको छ।

यही जेठ २२ गतेबाट २६ गतेसम्म मोर्डन इण्डियन स्कुलको खेल मैदानमा शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस टुर्स प्रालिले नेपालमा पाँच दिने प्रशिक्षण शिविर आयोजना गर्न लागेको हो । टुर्सका प्रबन्ध निर्देशक विजय कुमार खत्रीका अनुसार शिविरमा १८ वर्ष भन्दा मुनिका खेलाडीले भाग लिन पाउनेछ र प्रतिव्यक्ति सहभागिता शुल्क ३५ हजार रहेको छ।

शिविरलाई युइएफए ‘ए’ लाइसेन्स प्राप्त स्पेनका ड्यानियल ल्याण्डबुरु रोटेला र राफेल पालासियोसले प्रशिक्षण दिनेछ ।आयोजकद्वारा पाँच दिने शिविरमा सहभागी सबैलाई खाना, यातायात तथा रियल म्याड्रिड क्लबको किट प्रदान गरिनेछ । सहभागिमध्ये उत्कृष्ट विद्यार्थीले सिंगापुरमा रहेको रियल म्याड्रिड एकेडेमीको पाँच दिने प्रशिक्षणमा सहभागिता हुने मौका पाउनेछ ।

रियल म्याड्रिड एकेडेमी सिंगापुरका नारायाण बहादुर श्रेष्ठले सिंगापुरको कार्यक्रमलाई नेपालमा तानेको र यसले सफलता हात पारे अरु नयाँ कार्यक्रमहरु प्नि ल्याउने बताए । शिविरलाई युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको राष्ट्रिय युवा परिषदले साझेदारी गरेको छ।

Leave a Reply

Your email address will not be published.