चेल्सी एफए कपको फाइनलमा प्रवेश

एफए कप फुटबल अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको सेमिफाइनलमा चेल्सी विजयी भएको छ। चेल्सीले टोटनह्यामलाई ४–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

चेल्सीका लागि पाँचौं मिनेटमा र ४३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै विलयनले गोल गरे। त्यस्तै इडन हजार्डले ७५ औं मिनेटमा र नेमान्जा म्याटिकले ८० औं मिनेटमा गोल गरे।

टोटनह्यामका लागि १८ औं मिनेटमा ह्यारी केन र ५२ औं मिनेटमा डेल अलीले एक एक गोल गरे । गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

चेल्सीले अब उपाधिका लागि आर्सनल र म्यानचेस्टर सिटीबिच हुने सेमिफाइनलको विजेतासँग खेल्ने छ । आर्सनल र म्यानचेस्टर सिटीबिचको सेमिफाइनल खेल आज राति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *