वीरगन्ज सिटी हाफ म्याराथनको उपाधि खड्कबहादुरलाई

पर्सा एथलेटिक्स संघ वीरगन्जद्वारा आयोजित जगदम्बा पाइप वीरगन्ज सिटी हाफ म्याराथनको उपाधि नेपाल आर्मीका खड्कबहादुर खड्काले जितेका छन्। उनले नगद रु २० हजार, मेडल र प्रमाणपत्र हात पारे।

नेपाल आर्मीकै लालबहादुर थापा द्वितिय तथा कल्याण बानिँया तृतिय भए। दोस्रो र तेस्रो हुने क्रमश: १५ र १० हजार हात पारे। यस्तै रामजी बस्नेत चौथो तथा माल्दिभ्सका धावक सेफाज मोहम्द भए।

वीरगन्जको घण्टाघरदेखि सुरु भएको म्यारथन परवानीपुर हुँदै डाबर नेपाल चोकबाट पुनः घण्टाघरमा पुगेर सकिएको थियो। यस्तै ४ किलोमिटरको संस्कृति रक्षा दौड नामक प्रतियोगिता पनि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *