बैंग्लोरद्वारा गुरात २१ रनले पराजित

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुरात लायन्सलाई २१ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो। बैंग्लोका लागि क्रिस गेलले ७७, कप्तान विराट कोहलीले ६४ रन, केदार जाधवले ३८ तथा ट्रेविस हेडले ३० रन बनाए ।

बैंग्लोरले दिएको २१४ रनको लक्ष्य गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९२ रन मात्रै बनाउन सक्यो । गुजरातका लागि ब्रेण्डम म्याकुलमले ७२, इशान किशनले ३९ तथा कप्तान सुरेश रैना र रविन्द्र जडेजाले समान २३ रन बनाए । बैंग्लोरका युजवेन्द्र चहलले तीन विकेट लिए ।

बैंग्लोरको ६ खेलमा यो दोस्रो जित हो । चार अंकसहित बैंग्लोर छैटौं स्थानमा छ । पाँच खेलमा चौथो हार व्यहोरेको गुराजत दुई अंकसहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *