कप्तान टेरीले चेल्सी छोड्ने

इंग्लिस क्लब चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्तिममा क्लब छोड्ने भएका छन्। झण्डै दुई दशकदेखि चेल्सीमा रहेका टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका हुन् ।

सन् १९९८ मा डेब्यु गरेका टेरीले अहिलेसम्म सबै प्रतियोगितामा गरेर चेल्सीबाट सात सय ७१३ खेल खेलेका छन् । उनले चारपटक प्रिमियर लिगको उपाधि जितेका छन् । यस्तै उनले एकपटक च्याम्पियन्स लिग, पाँचपटक एफए कप, एक पटक युरोपा लिग र तीनपटक लिग कपको उपाधि चेल्सीबाट जितेका छन् ।

३६ वर्षका टेरीले क्लब छोड्ने निर्णय गर्दै टेरीले २२ वर्ष लामो चेल्सीसँगको यात्रा टुंग्याउन लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *