पुणेसंग बैंग्लोरलाई २७ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा राइजिङ पुणे सुपरजाइण्टले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले पराजित गरेको हो ।

पुणेले २० ओभरमा ८ विकेट गुमाएर १६१ रन बनाएको थियो । पुनेका लागि राहुल त्रिपाठीले ३१, अजिन्क्या रहानेले ३०, महेन्द्रसिंह धोनीले २८ तथा स्टेभेन स्मिथ र मनोज तिवारीले समान २७ रन बनाएका थिए । बेंगलोरका एडम मिल्न र अरविन्दले २/२ विकेट लिएका थिए। स्यामुएल बद्री, सेन वाट्सन र पवन नेगीको नाममा १/१ विकेट रह्यो।

यसअघि टस जितेर फिल्डिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन जोडेको थियो। बेंगलोरका लागि एबिडी भिलियर्सले २९, कप्तान विराट कोहलीले २८ तथा स्टुआर्ट बिन्नी र केदार जाधवले समान १८ रन बनाए । पुणेका बेन स्टोक्स र शार्दुल ठाकुरले तीन तीन विकेट लिए । जयदेव उनदकटले २ विकेट लिँदा इमरान ताहिरको नाममा १ विकेट रह्यो।

पाँच खेलमा बैंग्लोरको यो चौथो हार हो । दुई अंकसहित बैंगोल पुछारमा छ । पाँच खेलबाट चार अंकसहित पुणे छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.