टिम चौराहा प्लेअफमा, कञ्चनपुर र अत्तरिया बाहिरिए

धनगढी प्रिमिएर लिग (डिपिएल) अन्तर्गत आज (सोमबार) भएको लिग चरणको अन्तिम खेलको समापनसंगै ४ टोली प्लेअफमा पुगेको छ। डीपीएलबाट सिवाईसी अत्तरिया र कन्चनपुर आइकोनिक प्रतियोगिताबाटै बाहिरिएका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो । रुपन्देहीका लागि प्रकाश केसीले ४९ र अन्तिम थापाले ११ रन बनाए । धनगढीका लागि ललित राजवंशीले चार तथा सौरभ खनाल र सुशन भारीले एक एक विकेट लिए ।

रुपन्देहीले दिएको ९२ रनको लक्ष्य धनगढीले ११ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । धनगढीका लागि कप्तान पारस खड्काले ४२ र पृथु बाँस्कोटाले नटआउट १५ रन बनाए । राजु रिजाल र अमर रौटेलाले १३/१३ रन बनाए । धनगढीका लागि साहब आलमले दुई तथा कृष्ण कार्की र दुर्गेश दत्तले एक एक विकेट लिए ।

शक्ति गौचन नेतृत्वको रुपन्देही च्यालेन्जर्स, शरद भेषावकर नेतृत्वको विराटनगर किङ्गस् र बसन्त रेग्मी कप्तानीमा रहेको काठमाण्डाैं गाेल्डेन्स यसअघि नै प्रतियोगिताको प्ले अफका लागि छनौट भइसकेका छन् । प्लेअफका खेल बुधबारदेखि हुनेछन् ।

Leave a Reply

Your email address will not be published.