विराटनगरलाई ६१ रनले हराउँदै रुपन्देही शीर्षस्थानमा

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आज (आइतबार) भएको खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले पराजित गरेको छ। जितपछि रुपन्देही शीर्षस्थानमा उक्लिएको छ ।

टस जितेर पहिले व्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेटको गुमाउदै १३२ रन बनायो । रुपन्देहीका लागि अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२, पुष्प थापा १७ र हरिशंकर शाहले १४ रन बनाए । बिराटनगरका लागि सुशील कँडेल र दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने पवन सराफ, किशोर महतो, सन्दिप लामिछाने र कप्तान शरद भेषावकरले समान १/१ विकेट हात पारे ।

१३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो । विराटनगरका लागि पवन शर्राफले ३ रन, शरद भेषावकरले ३४ रन जोडे। रुपन्देहीका लागि साहब आलमले ४ तथा दिपेश श्रेष्ठ र कृष्ण कार्कीले ३/३ विकेट लिए। खेलको म्यान अफ द म्याच रुपन्देहीका साहब आलम घोषित भए।

Leave a Reply

Your email address will not be published.