अत्तरियामाथि कञ्चनपुर विजयी

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आज (आइतबार) भएको दोस्रो खेलमा कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई ६ विकेटले पराजित गरेको छ । हारपछि अत्तरिया डिपिएलबाट बाहिरीएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । अत्तरियाका लागि प्रदीप ऐरी १९, दीलिप नाथले ११, ज्ञानेन्द्र कुँवरले अविजित ११ र सुरेन्द्र चन्दले १० रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कञ्चनपुरका लागि सुनिल धमाला, अभिनाष कर्णले समान ३, सागर पुन, आशिष पोखरेल र चन्द्र साउदले समान १ विकेट लिए ।

८६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले १० ओभरमा ४ विकेट गुमाउँदै ९० रन जोडेको थियो ।कञ्चनपुरका लागि विनोद भण्डारीले १६, सागर पुनले २२, सुनिल धमला २८ र हसिम अन्सारीले २२ रन बनाए । सिवाइसीका लागि विनोद लामाले दुई र ज्ञानेन्द्र कुवँरले एक विकेट लिए । खेलेको म्यान अफ दी म्याच कञ्चनपुरका सुनिल धमला घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *