विराटनगर किंग्स र चौराहा धनगढी विजयी

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आज (शनिबार) भएको पहिलो खेलमा विराटनगर किंग्सले विराटनगरले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले पराजीत गरेको छ।

कञ्चनपुरले दिएको ८१ रनको लक्ष्य विराटनगरले मात्र ९ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । विराटनगरका कप्तान शरद भेषावकरले २८ रन बनाए । कञ्चनपुरका लागि पाँचै विकेट सागर पुनले लिएपनि विराटनगरको विजय रोक्न त्यो पर्याप्त भएन ।

टस हारेर व्याटिङको निम्तो पाएको कञ्चनपर १७ ओभरमा मात्र ८० रन बनाएर अलआउट भयो । कञ्चनपुरका लागि हसिम अन्सारीले २७ रन बनाए । विराटनगरका लागि सुशील कँडेल र सन्दिप लामिछानेले ४–४ विकेट लिए । योसँगै विराटनगरले ३ खेल जितेको छ ।

आज नै भएको अर्को खेलमा पारस खड्काको कप्तानीमा खेलिरहेको टिम चौराहा धनगढीले पहिलो जित हात परेको छ । धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले पराजीत गरेको हो ।

१३७ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा १२५ रन मात्र बनाउन सक्यो।

काठमाडौंका लागि बसन्त रेग्मीले २७ बलमा ११ रन, सोमपाल कामीले १८ बलमा २४ रन, रोहित कुमारले १३ बलमा १२ रन, सन्दीप झोराले २७ बलमा २८ रन बनाए । धनगढीका आरिफ शेख र सौरभ खनालले तीन तीन साथै रामनरेश गिरीले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट जाँदा १ सय ३६ रन बनाएको थियो । धनगढीका लागि राजु रिजालले १६ बलमा ११ रन, अनिल मण्डलले २९ बलमा २९ रन, आरिफ शेखले ४५ बलमा ५८ रन र सुभेन्दु पाण्डेले ८ बलमा १६ रन बनाएका थिए । काठमाडौंका सोमपाल कामी र मञ्जित श्रेष्ठले तीन तीन साथै बसन्त रेग्मी र सन्तोष भट्टले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *