टुबोर्ग विशाल स्मृति गोल्डकप प्रतियोगिताको बिजेतालाई रु. ५ लाख

“सक्रियहाम्रो” “सहयोग तपाईको” मुलनारा लिएर बिशाल मेमोरियल फाउण्ड़ेशन,बीरगंजले यहि मिति २०७४/०१/०९ गते देखि २०७४/०१/१६ गते सम्म प्रथम टुबोर्ग विशाल स्मृति गोल्डकप फुटबल प्रतियोगिता, बीरगंजको नारायणी रंगशालमा संचालन गर्ने जानकारी गराएको छ।

करिब ५१ लाख बजेटको हाराहारीमा संचालन गरिने प्रतियोगितामा नेपाल र भारत गरी ८ टिमको सहभागीता रहेको छ । सो टिमहरु ए डिभिजनका रहेका छन् । प्रतियोगिताको मूख्यप्रायोजक टुबोर्ग वियर रहेको छ भने सहप्रायोजक रेडबुल र जगदम्बा सिमेन्ट रहेका छन्।

प्रतियोगिताको प्रथम पुरस्कार रु. ५ लाख नगद र पदक रहेको छ भने दोस्रो पुरस्कार रु. २ लाख ५० हजार रहेको छ। प्रतियोगिताको आन्या विधा; उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल, प्रत्येक दिनको म्यान अफदी म्याच, प्रत्येक विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नदग पुरस्कार प्रधान गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *