एसी मिलान जुनियर फुटबल क्याम्प नेपाल सम्पन्न

एसी मिलान जुनियर फुटबल क्याम्प नेपाल शुक्रबार सम्पन्न भएको छ । एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्याम्प आइतबार सुरु भएको थियो ।

क्याम्पमा ४ छात्रासहित जम्मा १२५ जनाको सहभागिता रहेको आयोजकका प्रबन्ध निर्देशक एवं राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले बताए । उनीहरुलाई इटालीको एसी मिलान क्लबका प्रशिक्षक डेनियली पाकाग्नन्, निकोलस फासोली, पाउलो कार्ली, एन्ड्रिय निकोली र डेभिड कोर्टीले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published.