महिला तथा पुरुष भलिबलमा आर्मी र एपीएफ शीर्षस्थानमा

तेश्रो आरबीबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा नेपाल आर्मी क्लब पुरुषतर्फ शीर्ष स्थानमा रहन सफल भएको छ।

आज (बिहिबार) भएको खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई २५–१३, २५–१७, २५–१३ सेटले हराएको हो।

त्य्सतै हेल्प नेपालले पश्चिमाञ्चललाई २५–२३, २५–१७, २५–१८ को सोझो सेटमा हरायो भने नेपाल पुलिस क्लवले ढोरपाटन स्पोर्टस् क्लवलाई २५–१४, २५–१४, २५–११ को सेटमा हरायो।

महिलातर्फ एपीएफ शीर्ष स्थानमा रहेको छ। एपीएफले आर्मीलाई २५–२१, २५–१५, २५–१४ को सोझो सेट हरायो।

यसैगरी अर्को खेलमा न्यु डायमन्डले पुलिसलाई २५–१७, २५–१४, २२–२५ र २५–२१ को सेटमा हरायो।

पश्चिमाञ्चल टप्सले जावलाखेललाई २५–१०, २५–६ र २५–१३ ले हराएको हो।

Leave a Reply

Your email address will not be published.